नेभिगेशन
राजनिति

रवि लामिछाने दोस्रो स्थानमा उक्लिए

चितवन क्षेत्र नम्बर २ मा मंगलबार बिहान साढे ६ बजेसम्म आइपुग्दा घन्टी चिह्न लिएर चुनाव लडिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने दोस्रो स्थानमा उक्लेका छन्।

मतगणना सुरू भएदेखि लगातार तेस्रो स्थानमा रहँदै आएका लामिछाने नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई उछिन्दै दोस्रो स्थानमा पुगेका हुन्।

अहिलेसम्म ७०४१ मत गन्दा रवि लामिछानेले २२२७ मत ल्याएका छन् भने उमेश श्रेष्ठको मत २०३६ मत छ।

यहाँ नेकपा एमालेका कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन्। उनले २३३१ मत ल्याएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप राजनिति
देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

पुराना दलहरुले राष्ट्रिय स्वाधिनता र पहिचानलाई अमेरिकी एमसिसि र एसपीपीको खल्तीमा हालेर देशलाई डुवाउन खोजेको
सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

नेकपा एमालेले योजना खरिद–बिक्रीको बजेट नल्याउन चेतावनी दिएको छ।