नेभिगेशन
सुदूरपश्चिम

बझाङमा जंगली विशालु च्याउ खाँदा दुई जना बिरामी, एकको अवस्था गम्भीर

जंगली विशालु च्याउ खाँदा दुई जना बिरामी परेका छन् । बिरामी हुनेमा छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर -२ मुम्लाका २३ वर्षीय लोकेश कठायत र उहाँकी १८ वर्षीय श्रीमती उग्रतारा कठायत रहेका छन् ।

आज दिउँसो ४ बजे जंगलबाट ल्याएको च्याउ नास्तासँग खाएका दुबैजना एक्कासी बिरामी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिरामी परेका उनीहरुलाई अहिले वेलुका ६:३० बजे जिल्ला अस्पताल सिमखेतमा ल्याएर उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरिक्षक किशोर जोशीका अनुसार  लोकेशको अवस्था गम्भीर छ भने उहाँकी श्रीमति उग्रताराको अवस्था मध्यम रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...