नेभिगेशन
राजनिति

केपी शर्मा ओलीले गर्न लागको कारबाही रोक्न माग गर्दै सर्वोच्च पुग्यो एमालेको नेपाल समूह

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षधर सांसदहरूलाई कारबाही गर्ने तयारी गरेपछि एमालेको माधवकुमार नेपाल समूह सर्वोच्च अदालत पुगेको छ । 

सांसद पदबाट कारबाही गर्ने तयारी स्वरुप नेपालसहित २७ सांसदलाई सोमबार स्पष्टीकरण सोधेपछि त्यसलाई रोक्न माग गर्दै नेपाल समूह सर्वोेच्च पुगेको हो । 

प्रधानमन्त्री ओलीले सुरु गरेको कारबाहीको प्रक्रिया रोक्न माग गर्दै वरिष्ठ अधिवक्ता गोविन्द बन्दी, टीकाराम भट्टराईलगायत कानुन व्यवसायी नेपाल समूहका तर्फबाट सर्वोच्च पुगेका हुन् । उनीहरूले ओलीले सांसदहरूलाई कारबाही गर्ने प्रक्रिया थालेकाले त्यसलाई रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दिने तयारी गरिरहेका छन् ।  

एमालेले नेपालसहित प्रतिनिधिसभाका २७ जना सांसद र फ्लोर क्रस गर्ने पाँच सांसदलाई सोमबार स्पष्टीकरण सोधेको थियो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप राजनिति
देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

पुराना दलहरुले राष्ट्रिय स्वाधिनता र पहिचानलाई अमेरिकी एमसिसि र एसपीपीको खल्तीमा हालेर देशलाई डुवाउन खोजेको
सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

नेकपा एमालेले योजना खरिद–बिक्रीको बजेट नल्याउन चेतावनी दिएको छ।