नेभिगेशन
सुदूरपश्चिम

विप्लव छाडेका केन्द्रिय सदस्य खड्का र जिल्ला इन्चार्ज माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

बझाङ : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व सेती इन्चार्ज तथा केन्द्रिय सदस्य शंकर खड्का नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

उनीसँगै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बझाङ जिल्ला इन्चार्ज लक्ष्मण खड्का माओवादी केन्द्रमा प्रवेश गरेका हुन । उनीहरुलाई बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन् ।

पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनि सहित ६७ जना सदस्यहरु माओवादी प्रवेश गरेका हुन् । माओवादी धारालाई एकीकृत गर्ने भन्दै खड्कासहित अन्य सदस्यहरुले सामूहिक राजीनामा दिएका थिए । राजीनामा लगत्तै माओवादी केन्द्रमा प्रवेश गर्ने बताएका उनीहरुले आज माओवादी प्रवेश गरेका हुन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

पुराना दलहरुले राष्ट्रिय स्वाधिनता र पहिचानलाई अमेरिकी एमसिसि र एसपीपीको खल्तीमा हालेर देशलाई डुवाउन खोजेको
सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

नेकपा एमालेले योजना खरिद–बिक्रीको बजेट नल्याउन चेतावनी दिएको छ।