नेभिगेशन
राजनिति

देशभरका ६ सय ८५ पालिकाको मत परिणाम सार्वजनिक

काठमाण्डाै -  देशभर अहिलेसम्म ६ सय ८५ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार २ सय ३९ नगरपालिका र ४ सय ४६ गाउँपालिका गरी ६ सय ८५ पालिकाको मतपरिणाम सार्वजनिक भएको हो ।

नेपाली कांग्रेस
नेपाली कांग्रेसले मेयर १ सय २० र  अध्यक्षमा १ सय ८४  गरी ३ सय ४ पालिकामा प्रमुख पद जितेको छ । उपमेयरमा ९२  र उपाध्यक्ष  १ सय ८७  गरी २ सय ७९ ठाउँमा कांग्रेसले उपमेयर तथा उपाध्यक्ष जितेको छ ।

नेकपा एमाले
नेकपा एमाले दोस्रो स्थानमा छ । उसले मेयरमा ६६ र अध्यक्षमा १ सय २० गरी १ सय ८६ पालिकामा जितेको छ । एमालेले उपमेयर ८८ र उपाध्यक्ष १ सय २१ गरी २ सय ९ पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको छ ।

माओवादी केन्द्र
माओवादी केन्द्रले मेयर २१ र अध्यक्ष ९६ गरी १ सय १७ पालिकामा प्रमुख तथा उपमेयर ३०  र उपाध्यक्ष  ९३  गरी १ सय २३ पालिकामा उपमेयर तथा उपाध्यक्ष पद जितेको छ ।

स्वतन्त्र र अरु दल
एकीकृत समाजवादीले ९ पालिकामा मेयर, जसपाले १९ पालिकामा अध्यक्ष तथा स्वतन्त्र र अन्य दलले अहिलेसम्म ५० वटा पालिकामा मेयर तथा अध्यक्ष जितेका निर्वाचन आयोगको विवरण छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप राजनिति
देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

पुराना दलहरुले राष्ट्रिय स्वाधिनता र पहिचानलाई अमेरिकी एमसिसि र एसपीपीको खल्तीमा हालेर देशलाई डुवाउन खोजेको
सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

नेकपा एमालेले योजना खरिद–बिक्रीको बजेट नल्याउन चेतावनी दिएको छ।