नेभिगेशन
राजनिति

आज ११ बजेदेखि प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सवंदलीय बैठक आज ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

संसदको हिउँदे अधिवेशन अन्त्य गर्नुअघि समसामयिक राजनीतिक विषयमाथि छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको बताइएको छ ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबं पार्टीका शीर्ष नेतालाई निमन्त्रणा गरिएको छ । तर जनता समाजबादी पार्टी (जसपा)का संघस्य परिषद अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादवलाई भने बैठकमा निमन्त्रणा गरिएको छैन ।

निमन्त्रणाका लागि प्रधानमन्त्री ओलीले हिजो नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि टेलिफोन गरेका थिए ।

ओली नेतृत्वको सरकार ढाल्न प्रचण्ड, जसपाको बाबुराम–उपेन्द्र पक्षले कांग्रेसलाई दवाव दिएपछि सभापति शेरबहादुर देउवाले पहल लिइरहेका बेला तथा प्रदेशमा एमाले नेतृत्वका सरकारमाथि धमाधम अविश्वासका प्रस्तावहरु आइरहेका बेला ओलीले बोलाएको सवंदलीय बैठकमा सबैको चासो छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप राजनिति
देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

पुराना दलहरुले राष्ट्रिय स्वाधिनता र पहिचानलाई अमेरिकी एमसिसि र एसपीपीको खल्तीमा हालेर देशलाई डुवाउन खोजेको
सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

नेकपा एमालेले योजना खरिद–बिक्रीको बजेट नल्याउन चेतावनी दिएको छ।