नेभिगेशन
राजनिति

माधव नेपालले भने : महाराजधिराजले हामीलाई आममाफी दिनुभएछ

काठमाडौ नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई महाराजधिराजको संज्ञा दिएका छन् । शुक्रबार  ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीलाई इंकति गर्दै हिजो महाराजधिराजको संज्ञा दिएका हुन । उनले भने महाराजधिराजबाट आदेश आयो, माधव कुमार नेपाल लगायतलाई सबैलाई आम माफी दिएँ ।

उनले आफूपनि पुष्पलालको विचारधाराबाट राजनीतिमा आएको उल्लेख गर्दै आफू बदलिए मात्रै समाजलाई बदल्न सक्ने उल्लेख गरे । उनले संसारमा कुनैपनि व्यवस्था सक्षम र प्रभावकारी नभएको बताउँदै मैदान छोडेर समस्याको समाधान नभएको बताए ।  नेता नेपालले कम्युनिष्ट आन्दोलन संकटमा परेको बताउँदै चुनौतीको सामना गर्दै अघि बढ्ने बताए । नेता नेपालले गफले मात्रै कम्युनिष्ट आन्दोलन अघि नबढ्ने र बन्दुकले पनि कम्युनिष्ट आन्दोलन अगाडि नबढ्ने उल्लेख गरे । उनले समाजवादबाट भागेर जंगलमा गएर मात्र पनि कम्युनिष्ट आन्दोलनको रक्षा नहुने उल्लेख गरे । 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप राजनिति
देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

पुराना दलहरुले राष्ट्रिय स्वाधिनता र पहिचानलाई अमेरिकी एमसिसि र एसपीपीको खल्तीमा हालेर देशलाई डुवाउन खोजेको
सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

नेकपा एमालेले योजना खरिद–बिक्रीको बजेट नल्याउन चेतावनी दिएको छ।