नेभिगेशन
राजनिति

माओवादी नेता भन्छन् : ज्ञानेन्द्र शैलीमा मध्यरातमा लोकतन्त्रमाथि डकैती भयो

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन राजा ज्ञानेन्द्र शाहले झैं मध्यरातमा लोकतन्त्रमाथि डकैती गरेको नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले बताएका छन् । पुनले अब लोकतन्त्र बचाउन लड्ने पनि बताए ।

‘अब ज्ञानेन्द्र जस्तै जनताबाट लखेटिनेछन् । जनता अब चुप बस्दैनन्’, उनले भने । शुक्रबार मध्यरातमा ज्ञानेन्द्र शाहले जस्तै कदम ओलीले चालेको पुनले बताए ।


संविधान र लोकतन्त्र बचाउन उत्रने पुनले बताए । ‘कोरोना महामारी विरुद्धको लडाइँसँगै संविधान र लोकतन्त्र बचाउन विभिन्न रुपको संघर्ष जारी राख्छौं’, उनले भने ।

राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्री बनाउन नसकिने विज्ञप्ति जारी गरेलगत्तै बालुवाटारमा मध्यरात मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप राजनिति
देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

पुराना दलहरुले राष्ट्रिय स्वाधिनता र पहिचानलाई अमेरिकी एमसिसि र एसपीपीको खल्तीमा हालेर देशलाई डुवाउन खोजेको
सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

नेकपा एमालेले योजना खरिद–बिक्रीको बजेट नल्याउन चेतावनी दिएको छ।