नेभिगेशन
राजनिति

उद्घाटन धेरै हुँदा कतिपय मान्छे आत्तिए : प्रधानमन्त्री ओली

काठमाडौं : शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गोदावरीमा बनेको गोदावरी सनराइज सम्मलेन केन्द्रको उद्घाटन गरेका छन् । बालुवाटारमा भएको कार्यक्रममार्फत स्विच थिचेर भर्चुअल रुपमा सम्मेलन केन्द्रको उद्घाटन गरिएको हो ।

सभाहल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उद्घाटनपछिका उद्घाटनहरूले केही पनि भएन भन्ने केही व्यक्ति आत्तिएको टिप्पणी गरे । ‘उद्घाटन भएको भयै छ, धरहरा बनिसक्यो, पार्किङ र बगैँचा बन्न बाँकी छ, त्यहाँपनि काम नसकी उद्घाटन भयो भनियो,’ उनले भने,’यहाँ पनि त्यही भन्न सक्छन्, बाहिरफेर कति काम बाँकी होलान्, हल पुग्ने बाटो विस्तार हुन बाँकी होला, यस्तै केही भन्लान् ।’

उनले नकारात्मक टिप्पणी गर्ने आदत भएकालाई प्रशंसा गर्न नै नआउने बताए । ‘लुम्बिनीमा ५ हजार जना अट्ने सभाहल उद्घाटन गरेर बुद्ध जयन्तीमा कार्यक्रम गर्छाैं ,’ उनले भने ।

प्रधानमन्त्रीले उद्घाटन गरेको सम्मेलन केन्द्रमा एकैपटक ३ हजार व्यक्ति सहभागी भएर कार्यक्रम गर्न सकिने छ । उद्घाटन गरिएको सभाहलमा अहिले पनि निर्माणाधीन अवस्थामै छ ।

शहरी विकास विभागकाका अनुसार ९८ प्रतिशत काम भइसकेको छ । विभागका अनुसार २०७६ कार्त्तिकमा ५ महिनामा सक्ने गरी सभाहल निर्माणको काम थालिएको थियो । सुरुमा ६२ करोड लागतमा ठेक्का लागेको सभा हलमा ८१ करोड खर्च भइसकेको छ ।

केसी-समानान्तर जेभीले ठेक्का पाएको यो सभाहल बनाउन २ पटक म्याद थप भएको थियो । ४३ रोपनी १५ आनामा बनेको सभाहलमा ३ हजार वटा सिटहरु छन् । दुई वटा साना हलहरु पनि छन् । भीभीआईपी कक्ष पनि छ । पार्किङ र बगैँचा पनि बनाइँदैछ ।

अहिलेसम्म सबै काम नसकिएकाले ठेकदारले सभाहल सरकारलाई हस्तान्तरण गरेको छैन । यो सभाहल कसले जिम्मा लिएर चलाउने हो भन्ने पनि तय भएको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप राजनिति
देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

पुराना दलहरुले राष्ट्रिय स्वाधिनता र पहिचानलाई अमेरिकी एमसिसि र एसपीपीको खल्तीमा हालेर देशलाई डुवाउन खोजेको
सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

नेकपा एमालेले योजना खरिद–बिक्रीको बजेट नल्याउन चेतावनी दिएको छ।