नेभिगेशन
राजनिति

ओली आजै राति प्रधानमन्त्री नियुक्त हुँदै, भोलि सपथग्रहण

काठमाडौं : नेकपा एमालेले दुई वा दुई भन्दा बढी दलको बहुमत लिएर सरकारको दावी नगर्ने भएको छ । राष्ट्रपतिले दिएको समयभित्र कांग्रेस-माओवादीले दावी नगरपछि एमालेले पनि दावी नगर्ने भएको हो ।

महन्थ ठाकुर पक्षसँग तटस्थ रहने बाहेक बहुमतको सरकार दावी गर्ने कुनै कुरा नभएकोले संविधानको धारा ७६ को उपधारा ३ बमोजिमको सरकार बन्ने प्रधानमन्त्रीका मुख्य सल्लाहकार तथा एमाले स्थायी कमिटी सदस्य बिष्णु रिमालले नेपाल प्रेसलाई बताए ।

आजै ९ बजेपछि राष्ट्रपतिले संसदको सबैभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्ने शीतल निवास स्रोतले जनाएको छ ।


प्रधानमन्त्रीको सपथग्रहण शुक्रबार हुने र ओलीले सपथग्रहण लगत्तै मन्त्रिपरिषद् गठन गर्ने बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप राजनिति
देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

पुराना दलहरुले राष्ट्रिय स्वाधिनता र पहिचानलाई अमेरिकी एमसिसि र एसपीपीको खल्तीमा हालेर देशलाई डुवाउन खोजेको
सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

नेकपा एमालेले योजना खरिद–बिक्रीको बजेट नल्याउन चेतावनी दिएको छ।