नेभिगेशन
सुदूरपश्चिम

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन् ।

प्रदेश प्रमुख देवराज जोशीले एमालेका संसदीय दलका नेता रावललाई संविधानको धारा १६८ को उपधारा(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

रावल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

उनी कञ्चनपुरबाट समानुपातिक प्रणालीबाट एमालेको प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । प्रदेश प्रमुखको कार्यालयले बिहीबार बिहान मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम राखेको छ ।

बुधबार बिहानै मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरिएको भएपनि एमाले नेतृत्वको सत्तारूढ गठबन्धनको प्रमुख घटक नागरिक उन्मुक्ति पार्टीले निर्णय लिन ढिला गरेको थियो ।

उसले रेशम चौधरीको रिहाइ सहितका मुद्दा सम्बोधन गरेको अवस्थामा मात्र सरकारलाई समर्थन गर्ने अडान लिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको आश्वासनपछि अन्तिम अवस्थामा समर्थन गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

पुराना दलहरुले राष्ट्रिय स्वाधिनता र पहिचानलाई अमेरिकी एमसिसि र एसपीपीको खल्तीमा हालेर देशलाई डुवाउन खोजेको
सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

नेकपा एमालेले योजना खरिद–बिक्रीको बजेट नल्याउन चेतावनी दिएको छ।