नेभिगेशन
सुदूरपश्चिम

चुनाव हारे पनि जनताको मन जित्न सफल भयौं : ऐन महर

बझाङ : नेकपा एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज ऐन महरले चुनाव हारे पनि जनताको मन जित्न सफल भएको बताए । जिल्लामा महरले आजबाट मतदाता भेटघाट तथा धन्यवाद कार्यक्रमलाई जोडदिएका छन् ।

मतदातालाई भेटेर उनले चुनाव हारे पनि जनताको मन र राजनीति जितेको बताए । साथै नेता महरले एमाले पार्टीलाई जिल्लामा अगाडि बढाउने थप जिम्मेवारी पनि आफ्नो काँधमा आएको बताएका छन् ।

जनताले आफुलाई दिएको अपार माया र मतबाट आफू भावविभोर भएको महरको भनाई छ । मतदाता भेटघाटमा निर्वाचनमा जय र पराजयलाई स्वाभाविक रुपमा लिएको तथा आफु बझाङ परिवर्तनको पक्षमा उभिएकाले मत परिणामबाट धेरैहतोत्साही नहुन कार्यकर्ताहरुलाई पनि सुझाव दिएका छन् ।

साथै उनले अबको पाँच बर्षमा सुधार गर्नुपर्ने कमिकम्जोरी सुधार गर्दै पार्टी बलियो बनाउने विश्वास पनि व्यक्त गरेका छन् । बझाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी संग महर ९ सय ९८ मतले पराजित भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...