नेभिगेशन
सुदूरपश्चिम

कर्तव्य ज्यान उद्योग मुद्दामा फरार बझाङका एक व्यक्ति १९ वर्षपछि पक्राउ परे

बझाङ : बझाङमा कर्तव्य ज्यान उद्योग मुद्दामा २० वर्ष कैद सजाय भई फरार रहेका एक जना १९ वर्षपछि पक्राउ परेका छन् ।

२०५८ सालको साउन १० गते मष्टा गाउँपालिका ६ का जय बहादुर रोकायालाई खुकुरीले प्रहार गरी मारेको आरोपमा मष्टा गाउँपालिका ५ का ४७ वर्षीय ज्ञानु बोहरा भनिने ज्ञान बहादुर बोहरा बिहीबार पक्राउ परेका हुन । केही व्यक्तिलाई यसअघि नै पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दामा प्रहरीले अनुसन्धान गरेको थियो ।

घटनास्थलबाटै भागी फरार भएका उनलाई बझाङ जिल्ला अदालतको मिति २०६३ माघ १९ गतेको फैसलाले २० वर्ष कैद सजाय सुनाएको थियो । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले बोहरालाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

उनलाई बिहीबार कैद भुक्तानका लागि जिल्ला अदालत बझाङमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी लोकेन्द्र सिंह कार्कीले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...