नेभिगेशन
सुदूरपश्चिम

बझाङमा लागुऔषध चरेस सहित एक महिला पक्राउ

बझाङ : बझाङमा लागुऔषध चरेस सहित एक महिला पक्राउ परेकी छन । पक्राऊ पर्नेमा जयपृथ्वी नगरपालिका ७ सुबेडा घर भई सदरमुकाम चैनपुर नजिकै सिमखेत बसपार्कमा जगदम्बा होटल सचालन गरी बस्ने ५४ वर्षीया जगु गिरी रहेको प्रहरीले जनाएको छ । प्रहरीले होटलमा राखेको अवस्थामा ४ सय ५० ग्राम अवैध लागुऔषध सहित बुधबार साँझ पक्राउ गरेको जनाएको छ । बसपार्क नजिकै भएकाले यस अघिपनि गिरीको होटल बाट अबैध लागुऔषद चरेसको कारोबारो हुने गरेको खबर आएपनि प्रहरीले फेला पार्न सकेको थिएन ।

होटलमै लागुऔषध बिक्री भईरहेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले ४ सय ५० ग्राम अवैध लागुऔषध चरेश सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले जानकारी दिनु भयो ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।