नेभिगेशन
सुदूरपश्चिम

बझाङमा भारतबाट आएका एक जना कोरोना संक्रमितको मृत्यु

बझाङ : बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ४८ वर्षिय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल सिमखेतका कोभिड सम्पर्क व्यक्त्ति डाक्टर मिलन खड्काले जानकारी दिएका छन् ।

संक्रमित भारतको तामिलनाडु भन्ने ठाउँबाट चैत २९ गते बझाङ आएका थिए । उनलाई जिल्ला अस्पताल सिमखेतको प्रयोगशालामा बैशाख ६ गते कोभिड एन्टिजेन्ट विधिबाट चेक गर्दा पोजेटिभ देखिएको थियो ।

संक्रमितको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारको लागि नेपालगन्ज मेडिकल कलेज लैजादै गर्दा बाटोमै मृत्यु भएको समेत डाक्टर खड्काले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...