नेभिगेशन
राजनिति

नेपालसँगको भेटपछि केपी ओलीले प्रचण्डलाई फोन लगाए, फेरि भेट्ने वाचाकासाथ छुटिए ओली र नेपाल

काठमाडौं : लामो संवादहिनतालाई तोड्दै बुधबार भेटेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल भोलि पुनः भेट्ने भएका छन् ।

ओली र नेपालबीच आज काठमाडौंको मेरियट होटेलमा करिब दुई घण्टा छलफल भएको थियो।

दुई नेताबीचको भेटवार्ताको विस्तृत विवरण आइसकेको छैन् । वार्ता स्थलमै रहेका प्रधामन्त्री ओलीका सल्लाहाकार मोतीलाल दुगडले नेताहरु फ्रफुल्ल देखिएको र वार्ता सकारात्मक भएको प्रतिक्रिया संवाददताहरुलाई दिएका थिए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली आफैंले पहल गरेपछि भेटवार्ता भएको हो । ओलीले नेता नेपाललाई फोन गरेर भेटको प्रस्ताव राखेका थिए।

नेता नेपालले भेट्ने तर साथमा झलनाथ खनाल पनि आउने प्रस्ताव ओलीसँग राखेका थिए । तर, अध्यक्ष ओलीले ‘वान टू वान’ कुराकानी गर्ने भनेपछि नेता नेपाल एक्लै भेट्न तयार भएका थिए ।

नेता नेपालले आफूले पहिले नै सार्वजनिक रुपमा बालुवाटार नजाने भनिसकेको भन्दै वार्ताका लागि बाहिर उपयुक्त हुने भनेपछि मेरियट होटेल रोजिएको थियो ।

दुई नेताबीच करिब दुई घण्टा कुराकानी भएको थियो । धेरैपछि ओली–नेपालबीच संवाद भएको भए पनि कुराकानीमा ओलीले आफूले गुट नमानन्ने र कुनै सर्त स्वीकार नगर्ने प्रष्ट शब्दमा भनेका थिए।

‘माधव नेपालसँग भएको भेट पनि व्यक्तिगत भेटघाट हो, गुटगत होइन,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा भन्छन्, ‘आजको भेटमा पनि प्रधानमन्त्रीले प्रष्ट शब्दमा गुट मान्दिनँ, कुनै सर्त मान्दिनँ भन्ने कुरा राख्नु भयो । तपाईंहरु सच्चिएर आउनुहोस्, पार्टीमा उचित स्थान तपाईंहरुलाई हुन्छ भन्नुभयो ।’

जवाफमा नेता नेपालले–आफूले टिममा छलफल गरेर सबै कुरा भन्ने बताएका थिए । नेता नेपालले टिममा छलफल गरेर आउँछु भनेपछि भोलि पुनः बस्ने समझदारी उनीहरुबीच भएको थियो।

माधव नेपालसँगको वार्ता लगत्तै प्रचण्डलाई पनि फोन 
ओलीले नेता नेपालसँगको भेट सकिए लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि टेलिफोन गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप राजनिति
देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

पुराना दलहरुले राष्ट्रिय स्वाधिनता र पहिचानलाई अमेरिकी एमसिसि र एसपीपीको खल्तीमा हालेर देशलाई डुवाउन खोजेको
सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

नेकपा एमालेले योजना खरिद–बिक्रीको बजेट नल्याउन चेतावनी दिएको छ।