नेभिगेशन
सुदूरपश्चिम
यार्सागुम्बा

दार्चुलामा यार्सागुम्बा संकलन इजाजत खुला, १० ठाउँबाट इजाजत लिन सकिने

दार्चुला : दार्चुलामा यार्सागुम्बा संकलन इजाजत खुला गरिएको छ।

अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले यो वर्षको यार्सागुम्बा संकलन इजाजत खुला गरेको हो। यार्सागुम्बा संकलन आगामी जेठ दोस्रो सातादेखि सुरु हुने बताइएको छ।

अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका अनुसार यस जिल्लाबाट हरेक वर्ष ४ देखि ६ क्विन्टलसम्म यार्सागुम्बा ढुवानी हुने गरेको छ ।

संरक्षण क्षेत्र कार्यालयले संकलन इजाजत पत्र सदरमुकाम खलंगामा रहेको अपि नाम्पा संरक्षण क्षेत्रको कार्यालय, राप्ला सेक्टर कार्यालय सुनसेरा, खण्डेश्वरी सेक्टर कार्यालय लटिनाथ, खण्डेश्वरी रेन्जपोष्ट, विटुले रेन्जपोष्ट, खार रेन्जपोष्ट, व्यास रेन्जपोष्ट, सिप्टी, पारिबगर र श्रीवगड पोष्टबाट लिन सकिने बताएको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...