नेभिगेशन
सुदूरपश्चिम

बझाङ जिप दुर्घटना : जयपृथ्वी नगरपालिकाले घाइतेको उपचारका लागि ३ लाख रुपैयाँ दिने

बझाङको जयपृथ्वी नगरपालिकाले जिप दुर्घटनामा घाइतेहरुको उपचारका लागि तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। नगरप्रमुख चेतराज बजालले घाइतेको एक शोक वक्तव्य जारी गर्दै उपचारका लागि  नगरपालिका बाट तीन लाख रुपैयाँ उपलब्ध गराउने बताए। 

बजालले बुधबार मष्टा १ चिउरी तुफानडाँडामा भएको अकल्पनिय दुर्घटनाले जयपृथ्वी नगरपालिका परिवार स्तब्ध बनेको हुँदा मृतकप्रति श्रद्धाञ्जली र उपचाररत घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

बुधबार दिउँसो जिल्लाको मष्टा गाउँपालिका–१ स्थित चिउरीमा डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप दुर्घटना भएको थियो। दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते उपचाररत छन्। 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत ८ वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । हाल उनी अन्नपूर्ण पोष्ट दैनिकका बझाङ संवाददाता पनि हुन् ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...