नेभिगेशन
सुदूरपश्चिम

कैलालीका किसानलाई दसैंभन्दा खेतीपातीकै चिन्ता

 बझाङः  कैलालीका किसानलाई दशैँ मनाउनेभन्दा पाकेको धान खेतीको चिन्ता बढेको छ। जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी विशेष बुलेटिनअनुसार वर्षा हुने भएकाले सतर्कता रहन भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गरेपछि यहाँका किसान पाकेको धान कसरी जोगाउने भनी चिन्तामा छन्।

केर काट्ने अवस्थामा पुगेको धान भारी वर्षा भएमा नोक्सान हुन सक्ने पीरले सताएको जानकी गाउँपालिकाका किसान रामसुन्दर चौधरीले बताए। “गतवर्ष चार बिघा खेतमा रहेको धान बाढीमा मिसियो, यस वर्ष पनि धान पाकेको छ। १० कट्ठा जमिनमा रहेको धान काटिसकेका छौँ, बाँकी काट्न बाँकी छ”, रामसुन्दरले भने, “वर्षभरिको मेहनत बारीमा छ, कसरी दशैँ मनाउनु रु अब वर्षा भएमा पाकेको धान नोक्सान हुनेछ।”     

मङ्गलबारदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी विशेष बुलेटिनअनुसार १८ गतेदेखि दशैँ अवधिभर सामान्यभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएकाले सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो।     

प्रशासनको सूचनापछि धान काट्न सुरु गरेका जानकीकै किसान रमेश चौधरीले धान काट्न रोकेका छन्।  “धान काट्न त रोकियो, तर खल्ला खेत हो। वर्षा भएमा जलमग्न हुन्छ” उनले भने, “पाकेको धान खेतमै सड्ला कि भन्ने चिन्ता बढेको छ। पानी परेपछि एक सातासम्म खेत सुक्न समय लाग्छ। धान पाकेर झर्लाजस्तो भइसकेको छ।”     
टीकापुर–५ का किसान कृष्णा रावतले पनि मौसमकै सूचनाअनुसार धान काटेका छैनन्। कृष्णाको गत वर्ष कात्तिक २ गते आएको बाढीले दुई बिघा धान बगाएको थियो। “गतवर्ष धान देख्न पाइएन, यस वर्ष पाकेर पहेँलै भएको छ तर काटौँ भने मौसम यस्तो छ। नकाटौँ पानीले नोक्सान गर्ने डर छ”, उनले भने, “किसानले केही गरे सुख 
नपाउने भए। मेहनत गरेर लगाएको बाली स्याहार्न पनि मौसमले नदिनेभयो।”     
यतिखेर खेतीपाती गर्ने किसान दशैँ मनाउनेभन्दा पनि खेतीपातीमा ध्यान गएको बताउँछन्। जोशीपुरका शिव चौधरीको घरमा यस वर्ष दशैँमा बङ्गुर काटेर रमाइलो गर्ने योजना थियो। घरमै पालेको बङ्गुर काट्ने, रमाइलो गर्ने योजना बनाएको चौधरीको परिवार यतिखेर वर्षा हुने भनेपछि धान काट्न थालेको छ। “धान काटेर खेतमै दाउन थालेका छौँ”, उनले भने, “पाकेको धान नोक्सान भए वर्षभरि के खाउँला ?, दशैँ त अर्को वर्ष मनाए पनि हुन्छ भनेर खेतमा पसेका छौँ।”     

वर्षाका कारण भूक्षयलगायतका विपद्बाट मानवीय तथा आर्थिक क्षति हुनसक्ने पूर्वानुमान रहेकाले समयमै प्रतिकार्यका लागि पूर्वतयारी गरी खोज, उद्धार तथा राहतका लागि सचेत र तयारी अवस्थामा रहन भनी गृह मन्त्रालय विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाबाट पत्राचार भएको हुँदा सतर्क रहन भन्दै जिल्ला प्रशासन कैलालीले सूचना जारी गरेको छ। रासस

गतवर्ष समयमै सूचना नपाएर नोक्सानी ब्यहोरेका किसान यस वर्ष भने सूचना बस्तीस्तरसम्म पुगाउन थालेका छन्। कैलालीमा सूचना संयन्त्र निर्माण गरिएको छ। यसका साथै स्थानीय तहमा सञ्चालनमा रहेका स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रले किसानका मोबाइलमा म्यासेज, सामाजिक सञ्जालमा सूचना, बडघरलाई टेलिफोन गरेर सूचना समयमै पुगाउने गरेका छन्। यसरी समयमै सूचना गर्दा विपदबाट हुनसक्ने क्षति कम गर्न सहयोग पुग्ने गरेको टीकापुर नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरी बताउछिन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...