नेभिगेशन
सुदूरपश्चिम

सुदूरपश्चिमका तीन जिल्लामा रैथाने धानको अनुसन्धान गरिँदै

बझाङ: सुदूरपश्चिमका तीन जिल्लामा रैथाने धानको अध्ययन भइरहेको छ। प्रदेशको बैतडी जिल्लास्थित पाटन नगरपालिकाको कागसेली, डडेल्धुराको जोगबुडा र कञ्चनपुरको बेलौरीमा १२ किसिमका रैथाने धानको अध्ययन भइरहेको हो। 


त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पति अनुसन्धानले सुदूरपश्चिमका तीन जिल्लामा रैथाने धानमा अनुसन्धान थालेको जनाएको छ। प्रदेशको कञ्चनपुर तथा पहाडी जिल्ला डडेल्धुराको जोगबुडा र बैतडीको पाटनमा लगाइने रैथाने धानको सुख्खा सहनसक्ने क्षमता र उत्पादनको परिमाण कस्तो छ ? भनेर अध्ययन, अनुसन्धान थालिएको हो। 


परम्परागत धानको खेती गर्न छोडेर आयातित धानको बिउमा निर्भरता बढेको भन्दै रैथाने धानको बिउ जोगाउन र खेती गर्ने प्रणालीको सिफारिस गर्न अनुसन्धान भइरहेको बताइएको छ। रैथाने जातको धानमा सुख्खा सहनसक्ने क्षमताको अध्ययन गरि निष्कर्ष निकाल्न लगातार ३ वर्ष  अनुसन्धान गरिने अनुसन्धान टोलीका सदस्य एवं कैलाली बहुमुखी क्याम्पसका उपप्राध्यापक गुणानन्द पन्तले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।