नेभिगेशन
सुदूरपश्चिम

कैलालीमा बाढीले बगाएर युवतीको मृत्यु, २ घाइते, एक बेपत्ता

बझाङ: कैलालीमा बाढीले बगाएर एक युवतीको मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–१३ की २० वर्षीया युवतीको मृत्यु भएको हो। 


उनी बाढीमा बगेर बेपत्ता भएकी थिइन्। उनको शव सशस्त्र प्रहरीको टोलीले भेटेको जनाएको छ। यस्तै कैलालीको भजनी नगरपालिका–८, गोडचौराका ५५ वर्षीय कालुराम चौधरी बाढीमा बगेर बेपत्ता भएका छन्।


प्रहरीकाअनुसार उनको खोजी जारी छ। पथरैया नदीमा आएको बाढी गौडचौरा गाउँमा पसेको छ। भजनी नगरपालिकाका सबै वडा जलमग्न भएका छन्। यस्तै उता, चुरे गाउँपालिकामा पहिरोले घर भत्किदा ८ वर्षीय बालक घाइते भएका छन् भने टीकापुर नगरपालिका–२ को विजयपुरमा २२ वर्षीय शिसिर चौधरी पनि घाइते भएका छन्। उनीहरुको उपचार जारी छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।