नेभिगेशन
सुदूरपश्चिम

बझाङमा मदिरा सेवन गरि जीपभित्र सुतेका युवक बिहान मृत भेटिए 

बझाङका एक जना पुरुष गाडीमा मृत भेटिएका छन् । मादक पदार्थ सेवन गरि पुतलीलेक मोडमा जीपभित्र सुतेका बुंगल नगरपालिका-११ पुतलीलेक २५ वर्षीय बिरेन्द्र बोहरा आइतबार बिहान मृत भेटिएका हुन् ।

बित्थडचिर गाउँपालिकाको बित्थड बजारदेखि पुतलीलेकको लागि हिडेको सु.प.प्र.०४००१ च ०१७६ नम्बरको जिपमा बोहरा मृत भेटिएका हुन् । बित्थडदेखि चालक गणेश पातली र मृतक बोहराले मादक पदार्थ सेवन गर्दै हिडेको र मृतक बोहराको घर नजिकै जीप रोकेर सुतेको प्रहरीले जनाएको छ ।

राति ९:३० बजे पुतलीलेक मोडमा पुगेपछि जीप रोकेर चालकपातली र मृतक बोहरा सुतेको र बिहान चालक पातलीले उठेर ब्युझाउन खोज्दा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरिक्षक जनक ढुंगानाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...