नेभिगेशन
सुदूरपश्चिम

डोटीमा एक अर्ब बजेट फ्रिज

बझाङ: आर्थिक वर्ष २०७८/०७९ मा डोटी जिल्लामा एक अर्ब ५७ लाख ६० हजार तीन सय ६५ रुपैयाँ फ्रिज भएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका अनुसार जिल्लाका कुल बजेटको ११.७७ प्रतिशत फ्रिज भएको हो।

जिल्लामा पुँजीगततर्फ एक अर्ब ८४ करोड ६८ लाख १५ हजार ५०० बजेट विनियोजन भएकोमा एक अर्व १९ करोड ३५ लाख ८२ हजार ४४५ मात्रै खर्च भएको छ। यो रकम पुँजीगततर्फ कुल विनियोजित रकमको करिब ३५ प्रतिशत मात्रै हो।

यस्तै आर्थिक वर्ष ०७८/०७९ का लागि जिल्ला विनियोजित ६ अर्ब ७० करोड आठ लाख ३५ हजार ९६५ मध्ये ६ अर्ब ३४ करोड ८३ लाख आठ हजार ५५४ रुपैयाँ खर्च भएको छ। यो रकम कुल चालु रकमको करिब ९५ प्रतिशत हो।

जिल्लामा सो अवधिमा ५८ करोड २६ लाख ७१ हजार ४७३ रुपैयाँ राजश्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय, डोटीका सूचना अधिकारी जयदेव पन्तले जानकारी दिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...