नेभिगेशन
सुदूरपश्चिम

सुदूरपश्चिम सरकारबाट बझाङका कुन पालिकालाई कति अनुदान ? (सूचीसहित)

बझाङ : सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहलाई दिने अनुदान घटाएको छ । आकार बढाएर बजेट ल्याएको प्रदेश सरकारले अन्तर सरकारी हस्तान्तरणबाट स्थानीय तहलाई दिने अनुदान भने घटाएको हो।

सुदूरपश्चिम प्रदेश सरकारले बझाङका १२ वटा स्थानीय तहमा १७ करोड बढी अनुदान दिने भएको छ । प्रदेश सरकारले स्थानीय तहलाई समानिकरण, विशेष र समपुरक अनुदान मात्रै दिँदै आएको छ।

प्रदेश सरकारले स्थानीय तहलाई दिने समपुरक अनुदान बजेट सबैभन्दा बढी केदारस्युँ गाउँपालिकाले एक करोड ९० लाख ९ हजार पाउने भएको छ भने सबै भन्दा कम तल्कोट गाँउपालिकाले ९९ लाख ३४ हजार अनुदान पाउने भएको छ ।

मष्टा गाउँपालिकाले १ करोड ८० लाख ७७ हजार, बित्थडचिर गाउँपालिकाले १ करोड ८० लाख ४२ हजार, थलरा गाउँपालिकाले १ करोड ३७ लाख २२ हजार, साइपाल गाउँपालिकाले १ करोड ३० लाख ४ हजार, सुर्मा गाउँपालिकाले १ करोड २९ लाख ७६ हजार, खप्तडछान्ना गाउँपालिकाले १ करोड २८ लाख, छविसपाथिभेरा गाउँपालिले १ करोड २४ लाख ६३ हजार, दुर्गाथली गाउँपालिकाले १ करोड २० लाख ८८ हजार पाउने भएका छन् ।

यस्तै जयपृथ्वी नगरपालिकाले १ करोड ७५ लाख ९ हजार र बुंगल नगरपालिकाका लागी १ करोड ४५ लाख ७९ हजार बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...