नेभिगेशन
समाज चित्र

फेरि बढ्यो हवाई भाडा

काठमाडौं : वायुसेवा सञ्चालकले हवाई भाडा बढाउने निर्णय गरेका छन् । नेपाल आयल निगमले गत शनिबार रातिबाट लागु हुने गरी हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको थियो । सोही अनुसार सोमबार रातिबाट लागु हुने गरी हवाई भाडा वृद्धि भएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए । बढेको भाडालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्वीकृत गरेको छ । हवाई भाडाको हवाई इन्धनमा लाग्ने मूल्य थप भएको हो । यसअनुसार सबैभन्दा बढी काठमाडौंबाट धनगढीका लागि ८५ रुपैयाँ बढेको छ ।

पर्वतीय उडानतर्फको भाडा ६५ रुपैयाँ बढी लाग्ने छ । नेपालगन्जका लागि ६५ रुपैयाँ र भद्रपुरका लागि ६० रुपैयाँ वृद्धि भएको छ । काठमाडौंबाट सिमराका लागि १५ रुपैयाँ बढेको छ । काठमाडौंबाट पोखरा उड्दा ३५ रुपैयाँ बढी तिर्नुपर्ने भएको छ । भैरहवाका लागि ४५ रुपैयाँ बढी पर्नेछ । विराटनगरका लागि ५० रुपैयाँ भाडा बढी पर्ने कंडेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप समाज चित्र
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।