नेभिगेशन
समाज चित्र

यात्रुहरूको शव जलेको अवस्थामा भेटियो : मुस्ताङका प्रजिअ

तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर  विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको ठाउँमा प्रहरीको उद्धार टोली पुगेको छ । फिस्टेल एयरबाट नेपाल प्रहरीका इन्स्पेक्टर राजकुमार तामाङ टिम सहित त्यहाँ पुगेका हुन् । 

दुर्घटनास्थलमा विमान सवार यात्रुहरू जलेको अवस्थामा भेटिएका छन् । ‘यात्रुहरू जलेको अवस्थामा भेटिएको त्यहाँ पुगेका सुरक्षाकर्मीले बताएका छन्’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा भन्छन्–‘एकएक हेर्नुपर्छ, घटनास्थलमा नेपाली सेनाको हेलिकप्टर सहितको टिम जाँदै छ ।’ मौसम हेरेर थप उद्धारको काम गरिने प्रजिअ शर्माले जानकारी दिए ।

विमानमा १९ जना यात्रु र ३ जना चालक दलका सदस्य थिए । ४ जना भारतीय नागरिक र १३ जना नेपाली थिए । जर्मन नागरिक २ जना रहेको तारा एयरले  जानकारी दिएको छ । आइतबार बिहान ९ बजेर ५५ मा पोखराबाट उडेको जहाज १० बजेर ७ मिनेटमा  सम्पर्कविहीन भएको थियो । सोमबार बिहान यार्सागुम्बा टिप्न जानेहरूले फोटो खिचेर पठाएपछि दुर्घटनास्थल पहिचान भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप समाज चित्र
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।