नेभिगेशन
समाज चित्र

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोलियममा १० र ग्यासमा २०० रुपैयाँ वृद्धि

नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले फेरि पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ भने ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ वृद्धि गरेको हो ।

नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो । निगमले ग्यासको मूल्य बढाएर प्रतिसिलिन्डर १८०० रुपैयाँ बनाएको छ । यस्तै निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।  

यस्तै हवाई इन्धन (अन्तरिकतर्फ) को १० रुपैयाँ बृद्धि गरेर प्रतिलिटर १६६ रुपैयाँ तोकिएको आयल निगमले जनाएको छ ।​ निगममा अनुसार अन्तराष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएकाले मूल्य समायोजनपछि पनि पेट्रोलमा मासिक १ अर्ब, डिवेलमा ३ अर्ब ४० करोढ र एलपी ग्यासमा ३ अर्ब घाटा हुने छ ।​

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप समाज चित्र
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।