नेभिगेशन
सुदूरपश्चिम

नेकपा एमाले अध्यक्ष ओली बझाङ आउँदा ५ सय स्वयंम सेवक खटाउने

बझाङ : पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली चैत २८ गते बझाङ आउने कार्यक्रम तय भएपछि नेकपा एमाले जिल्ला कमिटी बझाङ विभिन्न उपसमितीहरु गठन गर्दै प्रचार प्रसारमा खटिएको छ ।

अध्यक्ष ओली बझाङ आउने भएपछि बाहुली खोलामा रहेको निर्माणाधीन नयाँ बसपार्कमा मञ्चको व्यवस्थापन सुरु भएको छ । अध्यक्ष ओली नेकपा एमाले जिल्ला कमिटी बझाङले आयोजना गरेको बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न बझाङ आउनु लाग्नुभएको हो ।

उक्त कार्यक्रममा ५ सय जना स्वयंमसेवकहरुको व्यवस्थापन गरिने भएको छ । भने, राष्टिय तथा स्थानीय कलाकारहरुको पनि सहभागिता हुनुका साथै प्रस्तुती समेत देखाइने नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज ऐन महरले बताउनुभयो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...