नेभिगेशन
सुदूरपश्चिम

बैतडीमा वैशाख १५ देखि वार्षिक परीक्षा सञ्चालन गरिने

धनगढी: बैतडीमा वैशाख १५ गतेदेखि वार्षिक परीक्षा सञ्चालन गरिने भएको छ। जिल्लाको पाटन नगरपालिकामा यही वैशाख १५ गतेदेखि कक्षा ४, ५, ६, ७ र ९ को वार्षिक परीक्षा सञ्चालन गरिने भएको हो।

उक्त नगरपालिकाका नगर प्रमुख केशव बहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको बताइएको छ। त्यसैगरी बैठकबाट कक्षा ८ को परीक्षा वैशाख २२ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको पनि बताइएको छ। कक्षा १ देखि ३ सम्मको भने आन्तरिक मुल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्ने गरिएको जनाइएको छ।

यसअघि शिक्षा मन्त्रालयले जेठमा अन्तिम परीक्षा गर्न भनेको थियो। कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेपछि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी वैशाखमै परीक्षा सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...