नेभिगेशन
सुदूरपश्चिम

बझाङमा २३ हजार बढी विद्यार्थीले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाए, १५ हजार बढी खोप लगाउनबाट बञ्चित 

बझाङ : बझाङमा २३ हजार बढी विद्यार्थीले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका छन्। गत सोमबार ५ गते देखि जिल्लाका २३ हजार ४ सय ६५ जना १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई मोडर्ना खोप दिइएको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ। 

स्वास्थ्य कार्यालय बझाङका अनुसार ९९ वटा विद्यालय र पालिकाका स्वास्थ्य संस्थाबाट मोडर्ना खोप लगाइएको हो । स्वास्थ्य कार्यालय बझाङलाई प्राप्त २४ हजार खोप संख्या मात्रै भएकाले अहिले २३ हजार ४ सय ६५ जना विद्यार्थी तथा बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय बझाङका कोरोना फोकल पर्सन नारायण जोशीले बताउनुभयो । 

उहाँका अनुसार बझाङमा १२ देखि १७ वर्ष उमेर समूहका ३९ हजार एक सय २४ जना विद्यार्थी भए पनि खोप अभावका कारण सबैलाई खोप सुविधा दिन नसकिएको हो । अझैं १५ हजार ६ सय ५९ जना मोडर्ना खोप लगाउनबाट बञ्चित भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...