नेभिगेशन
राजनिति

‘फ्लोर क्रस’ गर्ने एमालेका चार सांसदलाई कारबाही

काठमाडौं : ‘फ्लोर क्रस’ गर्ने कर्णाली प्रदेशमा एमालेका चार सांसदलाई कारबाही गरिएको छ। मुख्यमन्त्री हटाउने विषयमा पार्टीको ह्वीप उलंघन गर्ने चार सांसदलाई पार्टीको साधारण सदस्य नरहने गरि हटाउने निर्णय भएको हो।

शुक्रबार फ्लोर क्रस गर्ने एमाले सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एमाले संसदीय दलको आकस्मिक बैठकले  पार्टीको साधारण सदस्यता समेत नरहने गरी हटाउने निर्णय गरेको हो।

एमाले प्रमुख सचेतक गुलावजंग शाहले दलको बैठकले चार सांसदको पार्टी साधारण सदस्य नरहने गरि हटाउने निर्णय भएको जानकारी दिए। ‘संसदमा पार्टीको ह्वीप उलंघन गर्दै विपक्षमा मत दिने राजनीतिक अपराध गरेकोले पार्टीको साधारण सदस्य नरहने गरि हटाउने निर्णय भएको छ’ शाहले भने। 

एमालेका चार सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई मत दिएका थिए। एमालेका चार सांसदको मत पाएपछि शाही नेतृत्वको सरकार जोगिएको छ। केही समय अघि प्रदेशको मन्त्री पदबाट ज्वाला र बुढाले राजीनामा दिएका थिए । आज कारबाहीमा पर्ने चारैजना माधव नेपाल पक्षका हुन् भने मुख्यमन्त्री शाही माओवादी केन्द्रका हुन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप राजनिति
देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

पुराना दलहरुले राष्ट्रिय स्वाधिनता र पहिचानलाई अमेरिकी एमसिसि र एसपीपीको खल्तीमा हालेर देशलाई डुवाउन खोजेको
सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

नेकपा एमालेले योजना खरिद–बिक्रीको बजेट नल्याउन चेतावनी दिएको छ।