नेभिगेशन
सुदूरपश्चिम

बझाङमा सेनाको हेलिकप्टर मार्फत सुत्केरी महिलाको उद्धार

बझाङ: बझाङमा एक जना सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बझाङको थलारा गाँउपालिका ९ कि २१ बर्षिया सम्झना भण्डारीको हेलिकप्टरमार्फत उद्धार गरी जिल्ला अस्पताल बझाङ ल्याईएको छ । भण्डारीलाई सुत्केरी व्यथाले च्यापे पछि उनी मंगलबार विहान मालुमेला स्वास्थ्य चौकी पुगेकी थिइन् । पहिलो पटक सुत्केरी भएकाले समय लागिहाल्छ भनेर स्वास्थ्य चौकीमै सुत्केरी गराउने प्रयास भएको भएपनि अवस्था जटिल हुन थालेपछि बाहिर पठाउनु पर्ने अवस्था आएको मालुमेला स्वास्थ्य चौककीका ईन्चार्ज विकास खडकाले बताए । प्रतिनिधि सभा सदस्य आशा कुमारी बि.कको पहलमा आज विहान थलाराको पहिरोमा परेकाहरुको खोजीका लागी आएको नेपाली सेनाको हेलिकप्टर मार्फत जिल्ला अस्पताल ल्याईएको हो ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।