नेभिगेशन
सुदूरपश्चिम

दशैं तिहारलाई मध्यनजर गर्दै बझाङको ४ ठाउँमा यात्रु सहायता कक्ष स्थापना

बझाङ : दशैं तिहारलाई मध्यनजर गर्दै बझाङमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वको समय यात्रुहरु ठगिने, सवारी साधनले बढी यात्रु राख्ने क्रम बढ्न सक्ने भन्दै जिल्ला प्रहरी कार्यालयले वित्थड, बाग्थला, झोता र सिमखेत यात्रु सहायता कक्ष स्थापना गरिएको छ । 

कुनै पनि सवारी साधनले बढी यात्रु बोकेमा, तोकेभन्दा बढी भाडा लिएमा तुरुन्तै नजिकको सहायता कक्ष वा प्रहरीको निशुल्क हटलाइन नम्बर १०० मा फोन गर्न प्रहरीले भनेको छ ।

यात्रुको सहायताका लागि कक्षमा जनपथ र ट्राफिक प्रहरी बस्ने जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रुपक खड्काले बताउनुभयो ।

उहाँका अनुसार प्रहरीले यात्रु यात्रुबीचको सामाजिक दुरी, तपाइको माक्स खै भन्ने अभियानलाई निरन्तरता दिइनेछ ।  साथै अर्को निर्णय नभएसम्मका लागि साँझ ७ बजदेखि बजार बन्द गर्ने निर्णय पनि निरन्तरता दिइएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...