नेभिगेशन
सुदूरपश्चिम

संविधान दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बझाङले गर्‍यो सरसफाई कार्यक्रम

बझाङ : जिल्ला प्रहरी कार्यालय बझाङले समुदाय प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत संविधान दिवसको अवसरमा आफ्नो कार्यालय सहित सदरमुकाम चैनपुरमा रहेको सुर्मादेवी मन्दिर परिसर सरसफाई गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस अभियानले सरसफाई र स्वच्छ वातावरणको महत्व र अपरिहार्यताबारे जनचेतना ल्याउने विश्वास आफुहरुले लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रुपक खड्काले बताउनुभयो ।

उक्त सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी, डिएसपी रुपक खड्का लगाएत नेपाल प्रहरी र सशत्र प्रहरीको उपस्थिति रहेको थियो । संविधान दिवस २०७८ को अवसरमा सुरक्षाकर्मीहरुले साँझ ६ बजे आफ्नो कार्यालयमा दिपावली समेत गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...