नेभिगेशन
समाज चित्र

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ ९एइडी० सेवा सुरु गरेको छ ।

नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले यसै हप्ता आफ्ना सबै जहाज ९तीन वटा एअरबस ३२० र एउटा एअरबस ३१९० मा अटोमेटेड, बाह्यरुपमा प्रयोग गर्न मिल्ने त्यस जीवनदायी मेसिन राखिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

अब हिमालयका जहाजमा यात्रा गर्दा विगतभन्दा निकै सुरक्षित, विश्वसनीय र आरामदायी हुनेछ । अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर एक यस्तो जीवनदायी मेसिन हो, जसले बिरामीको हृदयगति अकस्मात् बन्द हुँदा वा हुन लाग्दा त्यसलाई रोकी हृदयगति सञ्चालन राख्न मद्दत गर्दछ ।

यो मेसिन राख्ने एयरलाइन्सको जहाज नेपालकै पहिलो र एक मात्र भएको कम्पनीले बताएको छ । यस कार्यबाट आकाशमा जहाज उडिरहँदा भवितव्यवश यदि कुनै यात्रुमा श्वास–प्रश्वास बन्द हुने वा हृदयगति बन्द हुने जटिल समस्या आइपरेमा त्यस्ता बिरामीको निदान गरी ज्यानै जान लागेका व्यक्तिलाई बचाउने कार्य गर्दछ ।

यात्रुको हृदयगति बन्द भएमा, नाडी बन्द भएमा वा श्वास–प्रश्वास रोकिएमा यस मेसिनको सहायताले बिरामीको मुटुमा एक प्रकारको दबाब दिएर मुटु, श्वास–प्रश्वास र नाडीको गति पुनः कायम गराउन सकिन्छ र बिरामीको जीवन बच्न सक्छ । विगत केही हप्तादेखि एयरलाइन्सका सबै उडान कर्मचारीलाई त्यस जीवनदायी मेसिनको प्रयोगबारे अभिमुखीकरण समेत गरिएको विज्ञप्तिमा जनाइएको छ ।

एयरलाइन्सले यस्ता मेसिन आफ्नो प्रधान कार्यालय तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ग्राउण्ड ह्याण्डलिङ कार्यालयमा समेत जडान गरी आफ्ना सम्पूर्ण कर्मचारीको स्वास्थ्य–सुरक्षाको समेत प्रत्याभूति गराएको छ । एयरलाइन्सले आफ्ना ग्राउण्डका सबै कर्मचारीलाई समेत यो डफिब्रिलेटरको प्रयोगबारे बृहत् तालिम दिएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप समाज चित्र
‘रेडियोमा भविष्य छैन’ भन्दा दुःख लाग्छ

‘रेडियोमा भविष्य छैन’ भन्दा दुःख लाग्छ

सञ्चारको विश्वसनीय र भरपर्दाे माध्यम रेडियो हाम्रो जस्तो दुर्गम ठाउँमा अत्यन्तै लोकप्रिय छ ।
पश्चिममा सञ्चित शक्ति बराबरको भूकम्प गएको छैन :  वरिष्ठ भूगर्भविद् अधिकारी

पश्चिममा सञ्चित शक्ति बराबरको भूकम्प गएको छैन : वरिष्ठ भूगर्भविद् अधिकारी

हामीले पश्चिम नेपालमा जुन महाभूकम्पको जोखिमको कुरा गरिरहेका छौँ, त्यसलाई अहिले गएको भूकम्पले कम गर्दैन भन्ने कुरा अहिलेसम्मको अध्ययनले देखाएको छ ।
सामाजिक सञ्जालमा नाङ्गीएका बझाङका भट्टराइ र सोती सरहरु, कारण यस्तो छ

सामाजिक सञ्जालमा नाङ्गीएका बझाङका भट्टराइ र सोती सरहरु, कारण यस्तो छ

नेट इन्टरनेटले मानिसहरुलाई आजभोली यति धेरै त्रसित र यति धेरै सजिलो बनाएको छ कि जुन हाम्रो परिकल्पनाभन्दा बाहिर जान्छ ।
बझाङ भूकम्पसँगै बदलिएको जनजीवन: एक अनुभव

बझाङ भूकम्पसँगै बदलिएको जनजीवन: एक अनुभव

बझाङमा प्रलयकारी भूकम्प जाँन्नहोला भने कुराले म निश्चिन्त कहिलै हुन सकिनँ।