नेभिगेशन
सुदूरपश्चिम

बझाङ र दार्चुलाका सूर्मादेवीका आलिपालिले मनाए उबासु पर्व, भोलिबाट सुर्मा सरोवरको यात्रा सुरु हुँदै 

बझाङ : बझाङ जिल्लामा लाग्ने सूर्मादेवी बिरीजात मेलाको आज एघारौं दिनमा सूर्मा देवीका आलिपालिले उबासु पर्व मनाएका छन् ।
श्रावण महिनाको औंसीबाट सुरु भएर पुर्णीमा सम्म लाग्ने सुर्मादेवी बिरीजात मेला बाँधा सुरु भएको एघारौं दिनको एकादसीका दिन अर्थात् आज भदौ ३ गते  उबासु पर्व मनाइएको हो ।

बिहानै उठेर धारामा गई स्नान गरि त्यसपछि घर फर्केर विभिन्न किसिमका खाने परिकारहरू पकाउने गरिएको छबिस पाथिभेरा गाउँपालिका ७ का स्थानीय सुरेश मण्डेलले बताए ।

त्यस्तै अर्का स्थानीय राजन मण्डेलका अनुसार बिहान खाने परिकार पकाइ सकेपछि गाउँभरिका सूर्मादेवीका करियाहरू दैपाण भनिने देउघरमा जम्मा भइ पूजापाठको सामानसहित ढाँका लिएर सूर्मा देवीको मन्दिरमा गई पूजापाठ गर्ने गरेको  पाइएको छ ।

उनले भने, 'मन्दिरमा जाने भक्तजनहरू व्रत बस्नाले मनले चिताएको वर माग्दा मिल्ने गरेको छ । यस पर्वमा चेली बहिनी माइतीघर आउने मनमा लागेको वर मान्ने गरेको पनि पाइन्छ।' 

पूजापाठ गरिसकेपछि मन्दिरबाट घर फर्किने घरमा पनि पूजा गर्ने  र बिहान पकाएको खाने परिकार खाने गरेको छन् । त्यस्तै सुर्मा गाउँपालिकामा पनि सुर्मादेवी बिरीजात मेलालाई आज थकुन्नाडामा रहेको दैपाण भनिने देउघरमा सुर्मादेवीका आलिपालि जम्मा हुने गरेको सुर्मा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष पूर्ण बोहराले बताए  । 

उनका अनुसार आलिपालि आज दिउँसो ३ बजे गाउँ माथि रहेको धल्देउको मन्दिरमा खर्क गोठालो जाने गरिएको छ ।
धल्देउको मन्दिरमा पूजापाठ गरिसकेपछि गोठालो खर्कबाट फर्किएर थकुन्नाडामा रहेको देउघरमा जम्मा हुने रातभरि जाग्राम बसी रतेडी मनाइने गरिएको छ ।

आज रातभर सुर्मा देवी जन्मे देखी सुर्मा सरोवर ताल पुग्नसम्मका  देउघरमा फाग गाइने भाडिखेल, ढुस्का गीत गाइने भोलाउली धमाडी गाइने गरेको सुर्मा गाउँपालिकाका ४ का लाँगा देवता काप्ने महन बोहराले बताए । उनले भने, 'आज रातभर फाग भाडिखेल ढुस्का भालाउली धमाडी गाउँदै काट्ने र भोली बिहानै चाभाइ लगाउँदै बाहिर निस्कने गरिएको छ ।'

सुर्मादेवीका आलिपालि घट्टे खोरी ल्वाडा बिजाडा बान्निकोट मन्डी धामीलेक सेलागाउँ लगाएतका आलिपालि भोलि बिहानै उठेर सुर्मादेवीको मन्दिरमा पूजाआजा गरि सुर्मा सरोवर जाने थिर्थालु भक्तजनहरू सुर्मा  सरोवरको यात्रामा लाग्ने गरेका छबिस पाथिभेरा गाउँपालिका ७ का वडा अध्यक्ष पदम बहादुर मण्डेले बताए ।

यस्तै बझाङमा मात्रै नभएर दार्चुलाका सूर्मादेवीका आलिपालिले पनि उबासु पर्व मनाएका छन्

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...