बझाङ: चार दिन देखि अवरुद्ध खोडपे बझाङ जयपृथ्वी राजमार्ग अझै सुचारु हुन सकेको छैन । अविरल बर्षाका कारण बैतडीको पाटन नगरपालिका वडा नं ८ झौलेकमा पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग अझै सुचारु भएको छैन् । गएको आइतबार सडक तलतिरबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको र पर्खाल लगाउने काम भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताउनुभयो ।
चारदिन देखि राजमार्ग अवरुद्ध हुँदा मालवाहक सवारी साधन र अन्य सवारी साधन बीचबाटोमै रोकिएका छन् । बैत८ीकाे खोडपे बाट झौलेक सम्म साना सवारी जिपहरुले यात्रुहरुलाई पुर्याउने गरेका छन् भने त्यहाँबाट अर्को सवारी साधनमा जानुपर्ने बाध्यता छ । जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा बझाङ जाने र बझाङबाट अन्यत्र जाने सवारी साधन र बैतडीको पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका लगायतका ठाउँबाट अन्यत्र जाने यात्रुहरु मार्कामा परेका छन् । जयपृथ्वी राजमार्गमा बर्षातको समयमा बेलाबेलामा समस्या आउने गरेको छ ।