नेभिगेशन
सुदूरपश्चिम

कैलालीमा छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ

धनगढी : कैलालीमा छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् ।

१० वर्षीया छोरीमाथि बलात्कार गरेर हत्या गरेको आरोपमा जिल्लाको लम्कीचुहा नगरपालिका-८ का ५१ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

प्रहरीका अनुसार जेठ २७ गते भैँसी गोठमा झुण्डिएको अवस्थामा बालिकाको शव फेला परेको थियो । परिवारका सदस्यले दाह संस्कारको तयारी गरिरहेको बेला इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले २७ गते नै शव नियन्त्रणमा लिएको थियो ।

सेती प्रादेशिक अस्पतालमा मृतक बालिकाको स्वास्थ्य परीक्षण गर्दा बलात्कारपछि हत्या गरिएको पुष्टि भएपछि प्रहरीले थप अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा घटनामा बुवाकै संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ ।

‘जबरजस्ती गरेको पोल खुल्ने डरले बुवाले नै गोठमा झुण्ड्याएर हत्या गरेर आत्महत्या गरेजस्तो देखाउन खोजेको अनुसन्धानको क्रममा देखियो,’ प्रहरी नायब उपरीक्षक बिष्टले भने ।

बालिकाको बुवालाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...