नेभिगेशन
सुदूरपश्चिम

बझाङमा कोरोना परिक्षणको दायरा बढाइदै 

बझाङ : बझाङमा कोरोना परिक्षणको दायरा बढाइने भएको छ । दिन प्रतिदिन कोरोना संक्रमीतको संख्या बढ्दै गएपछि कारोनाको परिक्षण बढाउने तयारी भइरहेको स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख भानुभक्त जोशीले बताउनुभयो । जिल्लामा कोरोना फैलिएर भयावह स्थिति देखिएपछि  ५  हजार किट उपलब्ध गराइदिन  जिल्ला स्वास्थ्य कार्यालय बझाङले स्वास्थ्य मन्त्रालयमा माग गरेको थियो । 

मन्त्रालयमा माग गरेका ५ हजार किट ४-५ दिनमा जिल्लामा पुग्ने बताउनुभयो ।  केही दिनमा किट जिल्लामा पुग्ने हुँदा परिक्षणको दायरा बढाउन जिल्लाका १२ ओटै पालिकाका स्वास्थ्य संयोजकहरुलाई  स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख जोशीले अनुरोध गर्नुभयो । साथै जोशीले हरेक पालिकाहरुमा बिरामीको संख्या बढिरहेको हुँदा लुकाएर नबसी स्वास्थ्य संस्थामा गएर परीक्षण गराउन जनसमुदायलाई आग्रह गर्नुभयो । परिक्षणको दाएरा बढाएपछि महामारी रोगलाई नियन्त्रण गर्न सकिने धारणा व्यक्त गर्नुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...