नेभिगेशन
सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशमा आज  ३० जना कोभिड-१९ संक्रमितको मृत्यु 

धनगढी : सुदूरपश्चिम प्रदेशमा आज थप ३० जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले दिएको जानकारी अनुसार विभिन्न अस्पतालमा उपचाररत थप ३० जना संक्रमितको मृत्यु भएको हो ।

१५ जना पीसीआर र १५ जना एन्टिजेनमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएका व्यक्तिको मृत्यु भएको निर्देशनालयले जनाएको छ । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन सय १७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा प्रदेशका नौँ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेशमा संक्रमितको संख्या २८ हजार ४ सय नाघेको छ भने सात हजार ८ सय बढी सक्रिय संक्रमित रहेका छन् । उनीहरुमध्ये दुई सय ६८ जनाको प्रदेशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...