नेभिगेशन
सुदूरपश्चिम

बझाङमा जंगली च्याउ खाँदा तीन जना बिरामी, दुई जनाको अवस्था गम्भीर

बझाङमा जङ्गली विशालु च्याउ खाँदा एकै घरका तीन जना बिरामी परेका छन् । बिरामी पर्नेमा दुर्गाथली गाउँपालिका वडा नम्बर ५ का ४० वर्षिय तिलक पुजारा उनका छोराहरु १२ वर्षिय दर्शन पुजारा र ५ वर्षिय शुभम् पुजारा रहेका छन् ।

उनीहरु शुक्रबार दिउँसो १२ बजे विशालु च्याउ खाएर बेहोस् भएको र तिलककी श्रीमतिले तत्काल जिल्ला अस्पताल बझाङ ल्याएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा  प्रहरी निरीक्षक किशोर जोशीले बताए ।

तिलक पुजारा र उनका कान्छा छोरा शुभमको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डडेल्धुरा रेफर गरिएको र उनीहरु दुबैको अवस्था गम्भीर रहेको सूचना अधिकारी जोशीले बताए ।  तिलकका जेठो छोरा दर्शन पुजारा भने सामान्य उपचार पश्चात जिल्ला अस्पताल बझाङबाट डिस्चार्ज भएको उनको भनाई छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...