नेभिगेशन
सुदूरपश्चिम

बझाङमा दिउँसो ३ बजेसम्म ४३ प्रतिशत मत खस्यो

उपनिर्वाचन

बझाङ बझाङमा ४३ प्रतिशत मत खसेको छ । बझाङ प्रदेशसभा निर्वाचन (१) मा भइरहेको मतदानमा दिउँसो ३ बजेसम्म ४३ प्रतिशत अर्थात जम्मा २६ हजार १९६ मत खसेको हो । प्रदेशसभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए ।

शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ । यो चुनावमा ६१ हजार सात सय ४८ मतदाताले भोट हाल्ने अनुमान गरिएको छ । मतदान सकिएपछि आजै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्थात जिल्ला अदालतमा ल्याइने मुख्य निर्वाचन अधिकृत लामिछानेले जानकारी दिए । उनका अनुसार आज सडकको पहुँच भएका ठाउँबाट सुरक्षाकर्मीसहित मतपेटिका सदरमुकाम ल्याइनेछ भने सबैभन्दा विकट मानिएको साइपाल गाउँपालिकाको मतपेटिका भोलीसम्म हेलिकप्टर मार्फत ढुवानी गरिनेछ । आज बझाङमा मौषम प्रतिकुल भएकाले हेलिकप्टर मौषमको अवस्था हेरेर उड्ने र दुईवटा वडाको ल्याइने पनि मुख्य निर्वाचन अधिकृत लामिछानेको भनाई छ ।

भोलीसम्म सबै ठाउँका मतपेटिका ढुवानी सकिएपछि सर्वदलिय बैठक बसी मतगणना गरिने उनले जनाए । बझाङका ७ पालिका साइपाल, तल्कोट, मष्टा, सुर्मा, खप्तडछान्ना, छबिसपाथिभेरा गाउँपालिका र जयपृथ्वी नगरपालिकासहित थलारा गाउँपालिको ९ नम्बर वडामा आज मतदान भएको हो । यहाँ ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहेको आयोगले जनाएको छ। त्यसमध्ये २७ केन्द्र सामान्य, २४ संवेदनशील र २३ अतिसंवेदनशील छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत ८ वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । हाल उनी अन्नपूर्ण पोष्ट दैनिकका बझाङ संवाददाता पनि हुन् ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...