नेभिगेशन
सुदूरपश्चिम

बझाङको बित्थडचिर गाउँपालिकाले एकल पुरुषलाई भत्ता वितरण गर्ने 

बझाङ – बित्थडचिर गाउँपालिकाले एकल पुरुष भत्ता वितरण गर्ने भएको छ । गाउँपालिकाले ५० वर्ष उमेर पुरा भइ अन्य सामाजिक सुरक्षाको दायरामा नआएका एकल पुरुषलाई भत्ता वितरण गर्ने भएको हो ।

गाउँपालिकाको एकल पुरुष भत्ता वितरण सम्बन्धी कार्यविधि, २०८० बमोजिम ५० वर्ष उमेर पुरा भएका एकल पुरुषलाई भत्ता वितरण गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत रमेश बिष्टले जानकारी दिए । उनका अनुसार पालिकाभित्रका ५० वर्ष पुरा भएका तर अन्य सामाजिक सुरक्षाको दायरामा नआएका पुरुषलाई प्रति महिना ५०० रुपैयाँका दरले भत्ता वितरण गरिन लागेको उनले बताए ।

एकल पुरुषलाई सहज होस भनेर भत्ता वितरण गर्न सूचना जारी गरेको गाउँपालिकाले जनाएको छ । साथै, गाउँपालिकाले गत वर्ष पनि ६३ जना एकल पुरुषलाई भत्ता उलब्ध गराएको उनले बताए । एकल पुरुष भत्ताका लागि चार लाख रुपैयाँ बजेट वितरण गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...