नेभिगेशन
खेल

प्रधानमन्त्री कप : सुदूरपश्चिमले लगातार तेस्राे जित निकाल्दै तालिकाको शीर्ष स्थानमा पुग्यो

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम लगातार तेस्रो खेलमा विजयी भएको छ । आज भैरहवाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई १ सय ८ रनले हरायो ।

सुदूरपश्चिमले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको गण्डकी ३० ओभर २ बलमा ९३ रनमै अल आउट भयो । गण्डकीका अस्वानी रानाले सर्वाधिक २५ रन बनाए । यस्तै गण्डकीले २५ रन अतिरिक्त पाएको थियो । सुदूरपश्चिमका शेर मल्लले ५ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम ५० ओभरमा २ सय १ रन बनाउँदा अल आउट भयो । गण्डकीका बिपिन खत्री र अङ्कित न्यौपानेले समान ३ विकेट लिए ।

यो जितसँगै सुदूरपश्चिम ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ । गण्डकीको यो लगातार तेस्रो हार हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप खेल
नेदरल्याण्ड्सविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

नेदरल्याण्ड्सविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

 नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा मंगलबार नेदरल्याण्ड्ससँग खेल्दैछ ।
नेपाल र नेदरल्याण्ड्सबीचको खेल काठमाडौंका तीन स्थानमा नि:शुल्क हेर्न पाइने

नेपाल र नेदरल्याण्ड्सबीचको खेल काठमाडौंका तीन स्थानमा नि:शुल्क हेर्न पाइने

आईसीसी टी२० क्रिकेट विश्वकपका खेलहरु काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन गर्ने तयारी गरेको छ ।
१० वर्षपछि क्रिकेट विश्वकपको मैदानमा नेपाल : आज राति नेपाल र नेदरल्यान्ड्सको ‘हेड टु हेड’

१० वर्षपछि क्रिकेट विश्वकपको मैदानमा नेपाल : आज राति नेपाल र नेदरल्यान्ड्सको ‘हेड टु हेड’

१० वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार टी-२० विश्वकप मैदानमा उपस्थित हुँदैछ।
क्यानडालाई हराउँदै आयोजक अमेरिकाले विजयी शुरुवात गर्‍यो

क्यानडालाई हराउँदै आयोजक अमेरिकाले विजयी शुरुवात गर्‍यो

आइसीसी टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ।