नेभिगेशन
सुदूरपश्चिम

खप्तडछान्ना - ३ मा विद्यार्थीका लागि स्वास्थ्य शिविर

शिविरबाट २ सय १२ जना विद्यार्थीले सेवा लिए

बझाङ : खप्तडछान्ना गाउँपालिका वडा नम्बर ३ मा विद्यालय स्तरीय स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बझाङको आयोजना तथा खप्तडछान्ना गाउँपालिका वडा नम्बर ३ को समन्वयमा आज मेलतडी मावि लम्तडामा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

शिविरमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुको आँखा, कान र दाँत सम्बन्धि चेकजाँच गरिएको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ३ वडाध्यक्ष गौरी अधिकारी रावलले जानकारी दिनुभयो । उक्त शिविरबाट २ सय १२ जना विद्यार्थीहरुले सेवा लिएका छन् ।

प्राय : बालबालिकाहरुले स्वास्थ्यलाई खासै ध्यान नदिने तथा समस्यालाई सामान्य सोचेर चेकजाँच नै नगर्ने हुनाले विद्यार्थीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै वडामा विद्यालय स्तरीय स्वास्थ्य शिविर सञ्चालन गरेको वडाध्यक्ष अधिकारीले बताउनुभयो ।

उहाँले बालक स्वस्थ रहे मात्रै गुणस्तरीय शिक्षा प्राप्त गर्ने भएकाले उनिहरुको स्वास्थ्यलाई अभिभावकहरुले पनि विशेष निगरानी गर्नुपर्ने बताउनुभयो । जिल्ला र स्थानिय तहका स्वास्थ्यकर्मिहरुले सेवा प्रदान गरेको शिविरमा विद्यार्थी, शिक्षक तथा वडाका कर्मचारी र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...