नेभिगेशन
सुदूरपश्चिम

सूचना आयोगले बुंगल नगरपालिकासँग माग्यो लिखित जवाफ

बझाङ : राष्ट्रिय सूचना आयोगले बझाङको बुंगल नगरपालिकासँग सातदिने लिखित जवाफ माग गरेको छ। नगरपालिकासंग केहि सुचना माग गर्दा नगरपालिकाले दिन आनाकानी गरेको र नदिएपछि पत्रकार सुरेश धामीको पुनरावेदनका आधारमा आयोगले नगरपालिकासँग जवाफ मागेको हो।

धामीले सूचनाको हक सम्बन्धी ऐन अनुसार सूचना माग गर्दै नगरपालिकाका सूचना अधिकारीलाई निवेदन दिएका थिए। तर १५ दिनभित्र सूचना नपाएपछि उनले कार्यालयका प्रमुखलाई उजुरी दिएका थिए। उजुरीमाथि सुनुवाइ नभएपछि धामी राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेका थिए। पुनरावेदनमाथि सुनुवाइ गर्दै  सात दिनभित्र लिखित जवाफ पेश गर्न नगरपालिकाका नाममा राष्ट्रिय सूचना आयोगले आदेश दिएको हो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...