नेभिगेशन
समाज चित्र

स्कुल जान्छुभनी हीडेका बझाङका दुई बालक बेपत्ता

बझाङका दुई बालक बेपत्ता भएका छन् । जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ रजाडा बस्ने शिवहरी बोहोराका १२ वर्षिय छोरा रविन्द्र बोहोरा र सोहि गाउँपालिकाको वडा नम्बर ९ कुलिबान बस्ने मिन बहादुर बोहोराका १४ वर्षिय दिपेन्द्र बोहोरा विहिबार विहानबाट बेपत्ता भएका हुन् । हिजो विहिबार बिहान विद्यालय जान्छु भनेर घरबाट हिडेका दुवैजना अहिलेसम्म घर नफर्किएको र खोजखबर गर्दा कतै फेला नपरेको बालकका अभिभावक शिवहरी बोहोराले जानकारी दिनुभयो । कैलाश माविमा रविन्द्र कक्षा ७ र  दिपेन्द्र कक्षा ८ मा अध्ययारत रहेका थिए । अहिले प्रहरी कहाँ निवेदा दिने तयारी छ । कसैले कतै देखे ९८४६९८६३२० र ९८४०६२६४७० तथा नजिकैको प्रहरी कार्यलयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप समाज चित्र
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।