नेभिगेशन
सुदूरपश्चिम

केदारस्युँका समाजसेवी तथा व्यापारी युवा सन्तोषले गरे जेष्ठ नागरिकलाई ब्लाङ्केट वितरण

केदारस्युँ गाउँपालिकाका एक सफल व्यापारी तथा समाजसेवी युवाले जेष्ठ नागरिक तथा दुःखी पिडितलाई ब्लाङ्केट वितरण गर्नुभएको छ ।

केदारस्युँको देउरामा व्यापार व्यवसाय गर्दै आउनुभएका व्यापारी तथा समाजसेवी युवा सन्तोष भण्डारीले केदारस्युँ गाउँपालिका २ का १८ जना जेष्ठ नागरिक तथा दुःखी पिडितलाई ब्लाङ्केट वितरण गर्नुभएको हो ।

चिसो याम सुरु भएका बेला व्यापारी तथा समाजसेवी युवा सन्तोष भण्डारीले आफ्नो व्यक्तिगत लगानीमा वडा नम्बर २ का १८ जना जेष्ठ नागरिक तथा दुःखी पिडितलाई चिसो छल्न सहयोग पुगोस् भनेर प्रतिव्यक्ति एक एक थान ब्लाङ्केट वितरण गरेको बताउनुभएको छ ।  

आफूले पैसा कमाउनुभन्दा धर्म कमाउनु ठूलो ठान्ने युवा भण्डारीले आगामी दिनमा पनि सहयोग गर्नेसमेत घोषणा गर्नुभएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत ८ वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । हाल उनी अन्नपूर्ण पोष्ट दैनिकका बझाङ संवाददाता पनि हुन् ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...