नेभिगेशन
खेल

सुदृढ जितसँगै धनगढी शीर्ष स्थानमा

काठमाडौँ : लगातार खेल खेल्न बाध्य रहेको धनगढी एफसीले शनिबार नेपाल सुपर लिगमा एफसी चितवनलाई ३–० ले हराएको छ र यससँगै शीर्ष स्थानमा उक्लेको छ । सुस्त पहिलो हाफपछि खेलले गति लिएको थियो र यसैक्रममा धनगढीले ५ मिनेटको अन्तरमा सुरुआती दुई गोल गरेको हो ।

यो खेलपछि धनगढीको चार खेलबाट सात अंक भएको छ । जितपछि धनगढीले शीर्ष चार स्थानका लागि बलियो दावेदारी पनि प्रस्तुत गरेको छ । चितवन भने तीन खेलबाट दुई अंकमा सीमित रह्यो र अन्तिम स्थानमा झर्‍यो ।

सुरुआती दुई खेलमा बराबरी खेलेपछि यो चितवनको पहिलो हार रह्यो । यो स्थितिमा चितवन दबाबमा रहनेछ । धनगढीले ६३ औं मिनेटमा पहिलो गोल गरेको थियो र यो निशान लिम्बूको नाममा रह्यो ।

नाइजेरियाली खेलाडी ओलाडिपो ओलावाले आफिजले हेडबाट दोस्रो गोल गरे । बुद्धबल तामाङले ७९ औं मिनेटमा तेस्रो गोल थपे । पहिलो हाफमा चितवनले गोलको राम्रो अवसर गुमाएको थियो ।

खेलको २२ औं मिनेटमा जर्ज प्रिन्स कार्कीको प्रहार धनगढीको गोलरक्षक किरण लिम्बूले जोगाए र त्यसमै फर्केको बलमा जेरकोभिच गोरानको प्रहार पोस्टमा लागेको थियो । दोस्रो हाफको ७८ औं मिनेटमा गोरानको प्रहारले पोस्टका दिशा लिए पनि त्यो अफ साइड रह्यो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप खेल
नेदरल्याण्ड्सविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

नेदरल्याण्ड्सविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

 नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा मंगलबार नेदरल्याण्ड्ससँग खेल्दैछ ।
नेपाल र नेदरल्याण्ड्सबीचको खेल काठमाडौंका तीन स्थानमा नि:शुल्क हेर्न पाइने

नेपाल र नेदरल्याण्ड्सबीचको खेल काठमाडौंका तीन स्थानमा नि:शुल्क हेर्न पाइने

आईसीसी टी२० क्रिकेट विश्वकपका खेलहरु काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन गर्ने तयारी गरेको छ ।
१० वर्षपछि क्रिकेट विश्वकपको मैदानमा नेपाल : आज राति नेपाल र नेदरल्यान्ड्सको ‘हेड टु हेड’

१० वर्षपछि क्रिकेट विश्वकपको मैदानमा नेपाल : आज राति नेपाल र नेदरल्यान्ड्सको ‘हेड टु हेड’

१० वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार टी-२० विश्वकप मैदानमा उपस्थित हुँदैछ।
क्यानडालाई हराउँदै आयोजक अमेरिकाले विजयी शुरुवात गर्‍यो

क्यानडालाई हराउँदै आयोजक अमेरिकाले विजयी शुरुवात गर्‍यो

आइसीसी टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ।