नेभिगेशन
सुदूरपश्चिम

डोटीमा जीप सेती नदिमा खस्यो : ४ जनाको मृत्यु, ५ घाइते

डोटीमा जीप सेती नदिमा खस्दा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप केआईसिंह राजमार्ग अन्तर्गत शिखर नगरपालिका-६ स्थित अण्यौलमा दुर्घटना भएको हो। 
जीप सडकबाट करिब ५०/६० मिटर तल नदिमा खसेको प्रहरीले जानकारी दिएको छ। जीप राति करिब साढे २ बजेतिर नदिमा खसेको हो। 

मृत्यु हुनेमा बाजुरा जिल्ला हिमाली गाउँपालिका-५ का २२ वर्षीया राधिका मलाल, सोहि ठाउँका ३२ वर्षीय धनशोभा बुढा, ८ महिनाकी प्रार्थना मलाल र ६ वर्षीय कबिन्द्र बुढा रहेका छन्।

कबिन्द्र बुढालाई जीपबाट निकाल्न सकिएको छैन। जीप पानीमा डुबेको तलकोट प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक विपिन भण्डारीले जानकारी दिए।

प्रहरीका अनुसार घाइते हुनेमा सोही ठाउँका ३० वर्षीय प्रकाश बुढा, २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा, २१ वर्षीया विमला मलाल र २१ वर्षीय राजबहादुर मलाल रहेका छन्।

उनीहरुको उपचार दिपायल स्थित शैलेश्वरी अस्पतालमा भइरहेको बताइएको छ। उद्धारका लागि प्रहरीहरु खटिएका छन्। जीप चालक प्रहरीको नियन्त्रणमा छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...